पाल्पाको रामपुर नगरपालिकामा सुविधा सम्पन्न पार्क निर्माण हुने
पाल्पा, रामपुर – रामपुर नगरपालिकामा १ करोड ३५ लाख ८४ हजार २ सय ८१ रुपैयाँ ३० पैसाको लागतमा आधुनिक सुविधा सम्पन्न पार्क निर्माण हुने भएको छ।... स्याङ्जामा भेटियो टु–इन्च मोटार सेल (बम) गुडिरहेको बसको ढोकाबाट खसेर एकजनाको मृत्यु पाल्पा, रामपुर – रामपुर नगरपालिकामा १ करोड ३५ लाख ८४ हजार २ सय ८१ रुपैयाँ ३० पैसाको लागतमा आधुनिक सुविधा सम्पन्न पार्क निर्माण हुने भएको छ। करिब १२ रोपनी क्षेत्रफलमा फैलिने उक्त पार्कमा २,७८६ वर्गमिटर पदमार्ग, पानीको फोहोरा, विभिन्न प्रजातिका फूलहरूको बगैँचा र दुई वटा चौतारी निर्माण गरिनेछ। नगर प्रमुख रमण बहादुर थापा का अनुसार, यो पार्कमा शिव मन्दिर, विश्रान्ति स्थल, फुलबारी, वृक्षारोपण, निःशुल्क वाईफाई र आधुनिक लाइटिङ सिस्टम समेत जडान गरिनेछ। नगरपालिकाको बेजाड बजारको मध्य भागमा निर्माण हुन लागेको यो पार्कले स्थानीय बासिन्दा र आगन्तुकहरूलाई आरामदायी वातावरण प्रदान गर्ने लक्ष्य राखेको छ। नगर प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डित का अनुसार, ग्रामिण विकास तथा साना सहरी पूर्वाधार निर्माण योजनाअन्तर्गत शहरी विकास मन्त्रालय, लुम्बिनी प्रदेश बाट प्राप्त...
Comments
Post a Comment